नियम ८९ख
बढुवा मिलान गर्ने
(१) कुनै बढुवा सम्बन्धमा अदालतमा मुद्दा परी बढुवा बदर भई पहिले बढुवा भएको निजामती कर्मचारीको बढुवा कायम नहुने भएमा र पहिलेको बढुवा र बढुवा बदर हुने गरी अदालतबाट पैmसला भएको मितिका वीचमा अर्को विज्ञापन भएको रहेछ
र त्यसरी बढुवा बदर भएको निजामती कर्मचारी उक्त विज्ञापनमा बढुवा हुने अवस्था रहेछ भने त्यसरी बढुवा बदर हुंदा विस्थापित
हुने निजामती कर्मचारीलाई रिक्त पद भएमा रिक्त पदमा र पद रिक्त नभए पछि रिक्त हुने सम्बन्धित सेवा, समूहको पदमा मिलान
हुने गरी बढुवा नियुक्ति दिइनेछ ।
(२) उपनियम (१) बमोजिम बढुवा गर्दा बढुवा समितिले बढुवा बदर भएको निजामती कर्मचारीको विज्ञापन भएको र बढुवा
बदर भएको अवधि बीचमा भएका विज्ञापनमा त्यस्तोे कर्मचारीको बढुवाका आधारहरुको पुन मूल्याङ्कन गरी बढुवा नामावली प्रकाशन
भईनसकेको अवस्थामा योग्यता क्रमानुसार र बढुवा नामावली प्रकाशित भईसकेको भएमा उक्त विज्ञापनमा न्यूनतम् अङ्क प्राप्त गर्ने
भन्दा बढी अङ्क प्राप्त गर्ने अवस्था रहेछ भने बढुवाको लागि सिफारिस गर्नु पर्नेछ ।
(३) उपनियम (१) र (२) बमोजिम बढुवाको सिफारिस भएको निजामती कर्मचारीको ज्येष्ठता निज जुन विज्ञापनबाट बढुवा
कायम हुने हो सोही विज्ञापनमा सिफारिस भएका अन्य निजामती कर्मचारी सरह कायम हुनेछ ।